Section 22
इजाजतपत्र प्राप्त गर्नु पर्ने
: (१) गैरसरकारी वा निजी स्वास्थ्य संस्थाले तोकिए बमोजिम इजाजतपत्र लिएर मात्र स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ।
(२) यस ऐन प्रारम्भ हुँदाका बखत इजाजत नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूले मन्त्रालयले तोकेको समयभित्र उपदफा (१) बमोजिमको इजाजतपत्र लिनु पर्नेछ।
(३) परम्परागत उपचार सेवाको हकमा स्थानीय तहले तोकेको मापदण्ड बमोजिम स्वीकृति लिई सेवा प्रदान गर्नु पर्नेछ।